नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु

नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ । 
अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् ।  त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका  दाबेदार छन् । 

संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा वाग्मती प्रदेश अधिवेशन हुँदै छ । 

खबरपाटी
खबरपाटी