कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ सम्म काठमाडौंमा हुने

कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ सम्म काठमाडौंमा हुने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नीति महाधिवेशनको काम पनि महासमिति बैठकले गर्ने गरी आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा २०८० आश्विन ४ देखि ८ गतेसम्म बसेको बैठकले सो निर्णय गरेको हो । 

साथै बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षसमेत रहने गरी एक मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ । 

बैठकपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 

खबरपाटी
खबरपाटी