सरकारले आयोग निर्माणबारे छलफल गर्न  बोलायो बैठक

सरकारले आयोग निर्माणबारे छलफल गर्न  बोलायो बैठक

काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ ।  बैठक गृहमन्त्रलायमा बोलाएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए । 

‘अहिले चार बजे गृहमन्त्रालयमा सरकारले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग गठनबारे भनेर बैठक बोलाएको छ । हामी गृह मन्त्रालय जाँदैछौ’, बर्तौलाले  बताए । 

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।

खबरपाटी
खबरपाटी

लोकप्रिय