‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया सम्पन्न

‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया सम्पन्न

राष्ट्रिय सुरक्षा तथा वैदेशीक सम्बन्ध अध्ययन केन्द्रले ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा परराष्ट्र मामिलाका जानकारहरुले कार्यक्रममा नेपालको कुटनीतिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रा. डा. मीना वैद्य मल्लले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपालले पछिल्लो समय अवलम्बन गरको परराष्ट्र नीति, नेपालको परराष्ट्र सम्बन्ध तथा आन्तरिक र बाह्य आयामहरुका बारेमा मल्लले चर्चा गरेकी थिइन् । मल्लको कार्यपत्रमा तिन पुर्व राजदूतले टिप्पणी गरेका थिए ।

नेपालको तर्फबाट चिनका लागि पूर्व राजदूत डा. महेश मास्के, संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत डा. दिनेश भट्टराई तथा इजरायलका लागि पूर्व राजदूत डा. अञ्जान शाक्यले नेपालको परराष्ट्र सम्बन्धमा देखिएका चुनौती र अवसरहरुका बारेमा धारणा राखेका थिए । कार्यक्रममा बोल्दै चिनका लागि पूर्व राजदूत मास्केले विश्व अहिले द्वन्द्वको भुमरीमा फस्दै गएकाले नेपालले शान्तिको कुटनीति गर्नुपर्ने बताएका थिए । त्यस्तै डा. दिनेश भट्टराईले नेपालको भूराजनीतिक परिवेश संवेदनशील भएकाले यसलाई मध्यनजर गर्दै नेपालले फाइदा उठाउन सक्नुपर्ने बताए ।

कार्यक्रममो प्रमुख आतिथ्यता गरेका पुर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले नेपाल भूराजनीतिक चपेटामा परेपनि यसैलाई कारण देखाएर बसिरहन नमिल्ने बताए । छिमकी राष्ट्रहरुसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गरेर व्यापार र आर्थिक साझेदारीका विषयमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका वैदेशिक सम्बन्ध केन्द्रका अध्यक्ष डा. राजेन्द्र चापागाईंले नेपालका दुई ठुला छिमेकी राष्ट्र भारत र चिनले अन्तर्राष्ट्रिय स्तरमा ठुलो फड्को मारिसकेकाले नेपालले त्यसको फाइदा उठाउन सक्नुपर्ने उल्लेख गरे ।

खबरपाटी
खबरपाटी