शरणार्थी प्रकरण नसेलाउँदै देउवादाम्पति जुटे पुत्रको विवाहमा, को हुन् आरजु देउवाकी बुहारी ?
५ जेठ २०८०, शुक्रवार
काठमाडौँ- न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्को बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो ।