यी प्रदेशमा छ चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा छ चट्याङसहित वर्षाको सम्भावना

हाल    मनसुनको    न्यून    चापीय    रेखा सरदर    स्थानको    दक्षिणतिर    अवस्थित  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसका कारण भारी वर्षाको सम्भावना कम भएको छ।

अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने बताइएको छ। 

 

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी