११ वर्षपछि बंगलादेशद्वारा भारत पराजित

११ वर्षपछि बंगलादेशद्वारा भारत पराजित

भारतीय टिम जारी एसिया कप क्रिकेटमा पहिलो पटक पराजित भएको छ। सुपर(४ अन्तर्गत अन्तिम खेलमा फाइनलमा पुगिसकेको भारत प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशसँग ६ रनले पराजित भएको हो।

बंगलादेशले २०१२ पछि भारतविरुद्ध जित निकाल्न सफल भयो।

भारत(बंगलादेशबिच कोलम्बोको प्रेमदासा स्टेडियमममा भएको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।

बंगलादेशले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २ सय ६५ रन बनाएको थियो। जवाफमा भारतीय टिम ५० ओभरमा २ सय ५९ रनमा समेटियो।

अन्तिम १८ बलमा भारतलाई जितका लागि ३१ रन चाहिएको थियो। अक्षर पटेल र शार्दुल ठाकुर क्रिजमा रहेका थिए। दुबै खेलाडीहरूले राम्रो सट खेल्दै टिमलाई जिततर्फ अघि बढाइरहेका थियो।

एक समय १२ बलमा १७ रन चाहिएको थियो। जसमा बंगलादेशका कप्तान शकिब अल हसनले मुस्ताफिजुर रहमानलाई बल थमाए। रहमानले ४९ औं ओभरको पहिलो बलमा शार्दुल र चौंथो बलमा अक्षर पटेललाई आउट गरेपछि बंगलादेश खेलमा फर्किएको थियो।

अन्तिम ओभरमा १२ रन चाहिएको थियो, जसमा अन्तिम बल बाँकी हुँदै भारतीय टिम ५ रन बनाएर अलआउट भयो।

भारतका लागि ओपनर शुभमन गिलले १ सय २१ रनको शतकीय इनिङ खेले। त्यस्तै अक्षर पटेलले ४२ रन र केएल राहुलले १९ रन बनाए। सार्दुल ठाकुर ११ रनमा पेभिलियन फर्किए।

बंगलादशेका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिँदा तनजिम हसन सकिब र मेहदी हसनले २(२ विकेट लिए। सकिब अल हसन र मेहिदी हसन मिराजले १ १ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान सकिबले ८० रनको इनिङ खेलेका थिए। त्यस्तै, टोउहिड ह्रदोयीले ५४ रन बनाउँदा नसुम अहेदले ४४ रन बनाए। त्यस्तै, मेहिदी हसन २९ र तजिम हसन सकिब १४ रनमा नटआउट रहे।

भारतका लागि सार्दुल ठाकुरले ३ विकेट लिँदा मोहम्मद सामीले २ तथा प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले समान १(१ विकेट लिए।
 

खबरपाटी
खबरपाटी