हाङ्जाओमा हुने भयो प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिको भेट

हाङ्जाओमा हुने भयो प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्डले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ, चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ ।’

उनले चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि बताए । भ्रमणबाट दुई देशको सम्बद्ध थप सुदृढ हुनुका साथै आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने विश्वास लिएको प्रधानमन्त्री प्रचण्डले बताए

खबरपाटी
खबरपाटी