के हो त सापु रोग , लागेको कसरी थाहा पाउने , कस्ता हुन्छन् लक्षण ?

के हो त सापु रोग , लागेको कसरी थाहा पाउने , कस्ता हुन्छन् लक्षण ?

काठमाडौँ । सापु  रोग वर्ष यामपछि भदौदेखि मंसिरसम्म लाग्ने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सापु रोग मध्य पहाडी क्षेत्रमा देखिने गर्छ ।

यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टासम्म उपचार नगरिएको खण्डमा आँखाको दृष्टि गुम्न सक्छ ।

सेतो पुतलीबाट सर्ने सापु आँखाभित्रका तीनवटै पत्रमा संक्रमण गर्छ । सेतो पुतलीका रौँहरूमा नाइट्रिक अक्साइड र पोटासियम साइनाइडको रियाक्सनले आँखामा क्षति पुर्याउछ । जसले गर्दा आँखाको दृष्टि गुम्न सक्ने मन्त्रालयले जनाएको छ ।

समयमै उपचार भएमा भने यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जाने मन्त्रालयले जनाएको छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जानुपर्छ । आफू खुसी औषधि वा जडिबुटिको प्रयोग नगर्न सुझाव छ ।  

सापु रोगका लक्षणहरू

–एक्कासी आँखा रातो हुनु

–चिप्रा नलाग्नु

–उज्यालेमा हेर्न नसक्नु

–आँखा दुख्नु

–तत्काल आँखाको दृष्टिमा कमी हुनु

–उपचारमा ढिलाइ हुँदा कालो नानीमा सेतो देखिनु

रोकथामका उपाय

–सेतो पुतलीको संसर्गबाट टाढै रहने

–धेरै उज्यालो बत्ती नबाल्ने

–साँझ र राती झ्याल ढोकामा बन्द गर्ने

–सुत्ने कोठामा मधुरो बत्ती निभाएर वा झुल लगाएर सुत्ने 

खबरपाटी
खबरपाटी