नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल

नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ।

गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।

राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा। सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’

चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ।

खबरपाटी
खबरपाटी