सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने

सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिने भएको छ। 

बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए। 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ। 

बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिव विष्टले बताए।

नेकपा एमालेले पनि उनको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। हृदयघात भएपछि बिहान उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो। अस्पतालले ३ बजे उनलाई मृत घोषणा गरेको थियो।

खबरपाटी
खबरपाटी