त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।

२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ ।
विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले  बताए ।

‘हामीले हिजै आन्दोलनका कार्याक्रम घोषणा गरेका हौं । हिजो पेन डाउन गर्‍यौं,’ ती अधिकृतले भने, ‘आजबाट सेवा ठप्प पारेका छौं । औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन ।’ भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए ।

खबरपाटी
खबरपाटी