मेस्सीको गोलमा अर्जेन्टिनाले जोड्यो ३ अङ्क

मेस्सीको गोलमा अर्जेन्टिनाले जोड्यो ३ अङ्क

काठमाडौं । कप्तान लिओनल मेसीको एक मात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुआतत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

विश्व विजेता अर्जेन्टिनाको लागि मेसीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे । यस जितपछि अर्जेन्टिनाले ३ अंक जोडेको छ ।

शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई १-० ले पराजित गरेको छ भने पाराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन् ।

खबरपाटी
खबरपाटी