काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम तयारीमा पुगेको छ ।
बोर्डले ब्रोकर कमिशन घटाउन भन्दै शुक्रबार विभिन्न सरोकारवाला नियकासँग छलफल गरेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिएका छन् ।
बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।
अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी रहेको बुझिाएको छ ।
बोर्डको यो प्रस्तावलाई लगानीकर्ता भने मान्ने पक्षमा छैनन् । तर, ब्रोकर कम्पनीहरु भने ब्रोकरले लिने कमिशनमात्रै नभएर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीले लिने कमिशन घटाउने, ब्रोकर लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, तथा विभिन्न खालका एडभाइजरी सेवा सहजै दिनसक्ने व्यवस्था बोर्डले गरिदिएको खण्डमा प्रस्तावित कमिशत स्वीकार्न तयार देखिएका छन् ।