भक्तपुरमा टाउकोमा दियो राखेर मनाइन्छ कृष्णजन्माष्टमी

भक्तपुरमा टाउकोमा दियो राखेर मनाइन्छ कृष्णजन्माष्टमी

भक्तपुर । देशैभरि कृष्णजन्माष्टमी भव्य रुपमा मनाइरहेकै बेला भक्तपुरमा भने फरक तरिकाले कृष्णजन्माष्टमी मनाइएको छ ।

टाउको, हात र काँधमा दीप बालेर भक्तपुर नगर परिक्रमा गरी कृष्णजन्माष्टमी मनाइएको हो । प्रत्येक वर्ष यहाँं यसरी नै कृष्णजन्माष्टमी मनाउने परम्परा छ ।

परम्परा अनुसार दीप प्रज्वलन यात्रा भक्तपुर नगरपालिका वडा नं। ९ सूर्यमढी वाकुपतिस्थित चाँगुनारायण मन्दिर परिसरबाट सुरु हुन्छ । यात्राले नगर परिक्रमा गरेको हुन्छ । गाईजात्राको घिन्तान्गिसी नाच जाने रुटमै कृष्णजन्माष्टमीको दीप प्रज्ज्वलन यात्रा पनि चलेको हुन्छ । अन्तिममा सुरु भएको स्थानमा पुगेर यात्राको समापन गरिन्छ ।

परम्परा अनुसार भक्तपुरमा बुधबार (आज) दीप प्रज्वलन गरेर परिक्रमा गरिएको थियो । हरेक वर्ष कृष्णजन्माष्टमी अर्थात् जनैपूर्णिमाको आठौं दिनमा यहाँ यसरी नै कृष्णजन्माष्टमी दीप यात्रा गरेर मनाइन्छ ।

यसदिन भक्तपुरका नेवार समुदायका महिलाहरुले हाकुपटासी ९स्थानीय कालो फरिया०, नेवारी गरगहनामा सजिएर र पुरुषले दौरा–सुरुवाल लगाएर दीप प्रज्ज्वलन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ ।

उक्त दीप प्रज्वलन यात्रामा बाजागाजा, दाफा भजन समूहको सहभागिता रहेको थियो ।
 

खबरपाटी
खबरपाटी