काठमाडौँ l भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप १८० मेगावाट बिजुली आयात गर्ने निर्णय भएको औपचारिक पत्र आज नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।
प्राधिकरण स्रोतका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणको ‘डेजिग्नेटेड अथोरिटी’ ले ढल्केबर–मुजफ्फपुरबाट ११० र टनकपुरबाट ७० मेगावाट बिजुली खरिद गर्ने गरी स्वीकृति प्रदान गरिएको लिखित जानकारी मंगलबार दिएको हो ।
विद्युत् मन्त्रालयले स्वीकृति गरी प्राधिकरणका चार सदस्यमध्ये विद्युत् आयात–निर्यात हेर्ने उक्त सदस्य डेजिग्नेटेड अथोरिटीले सहीछाप गरेपछि नेपाललाई बिजुली बिक्री गर्न बाटो खुल्छ । योसमेत गरी अब नेपाल विद्युत् प्राधिकरणले भारतलाई कुल ६३२ मेगावाट बिजुली निर्यात गर्न पाउनेछ ।
डेजिग्नेटेड अथोरिटीले अन्तिम सहमति दिएका आयोजनाहरूमा दुधकोसी सोलु ९८३ मेगावाट० र दोर्दी खोला ९२७ मेगावाट० छन् । यी दुई आयोजनाका बिजुली दुई देशबीच सम्पन्न मध्यकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत हरियाणा राज्यलाई एक वर्षका लागि निर्यात हुनेछ । प्रतियुनिट भारु ५।२ ९८ रुपैयाँ ४० पैसा० मा स्थिर दर कायम हुनेछ ।
त्यसैगरी भारतले उसको ऊर्जा विनिमय ९इण्डियन इनर्जी एक्सचेञ्ज— आईईएक्स० मा रियल टायम बिडिङ ९एक घण्टाअघि० मा बेच्न पाउने गरी टनकपुर नाकाबाट प्रसारण हुने माथिल्लो चमेलिया ९३७ मेगावाट० र माथिल्लो कालांगाड ९३३ मेगावाट० लाई पनि स्वीकृति दिएको छ ।
टनकपुरबाट जहिले पनि आयात मात्र हुँदै आएकोमा पछिल्लो पटकको यो अनुमतिले अब टनकपुरबाट पनि नेपालले बिजुली निर्यात गर्न पाउने भएको छ । टनकपुरमा १३२ केभी प्रसारण लाइनबाट चौबीसै घण्टा ९आरटीसी० निर्यात हुनेछ ।