एमाले लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन ८ बजेदेखि , अध्यक्षमा रिजाल र कँडेल प्रतिस्पर्धा गर्दै

एमाले लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन ८ बजेदेखि , अध्यक्षमा रिजाल र कँडेल प्रतिस्पर्धा गर्दै

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन विपरीत निर्वाचन हुने भएको छ । नेताहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 

सर्वसम्मतमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।  राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले जानकारी दिए । 

प्रदेश अध्यक्षको लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । रिजाल महासचिव शंकर पोखरेल र कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । 

 

खबरपाटी
खबरपाटी