हेलो सरकार’आजदेखि २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने

हेलो सरकार’आजदेखि २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने

काठमाडौं । सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् । 

अब टेलिफोन र इन्टरनेटको माध्ययमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारको कन्ट्रोल रुमको अवलोकन गरेका छन् ।

कार्यक्रममा प्रचण्डले सार्वजनिक निकायमा गुनासो सुन्ने संयन्त्र भए पनि जनताको मुहार उज्यालो गराउने गरी काम हुन नसकेको बताए ।

आफूले संसदमा समेत हेलो सरकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएअनुरुप सुस्ताए जस्तो देखिने संयन्त्रलाई प्रभावकारी बनाउन लागिएको उनले बताए ।

समारोहमा मुख्य सचिव बैकुण्ठ अर्यालले आएका गुनासो तत्काल सम्वोधन गर्नेगरी हेलो सरकारलाई प्रभावकारी बनाउने बताए । कर्मचारीलाई तीन सिफ्ट बनाएर काममा लगाइने उनले बताए । 

खबरपाटी
खबरपाटी