एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिस्ट पार्टीले प्रदर्शन गर्दै

एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिस्ट पार्टीले प्रदर्शन गर्दै

काठमाडौं संसद बाहिर रहेका चार साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता कार्यान्वयन विरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् । 

हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिस्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् । 

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

खबरपाटी
खबरपाटी