धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको : देउवा

धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको बताएका छन् । कसैको धर्म, संस्कृतिप्रति कसैले दक्खल पुर्‍याउन उचित नहुनेमा उनले जोड दिएका छन् । शनिबार सार्वजनिक अपिल जारी गर्दै उनले केही दिनयता सुनसरीको धरानमा भएको धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् ।

“नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै, कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दक्खल पुर्‍याउन पनि उचित हुँदैन,” धरानको घटनाका सम्बन्धमा पार्टीको अपिलमा उनले भनेका छन् ।

सभापति देउवाले सबै जाति, धर्म र सम्प्रदायबीचको आपसी एकता एवं सद्भाव कायम राख्ने कार्यमा जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

खबरपाटी
खबरपाटी