निषेधाज्ञाका कारण शान्त धरान

निषेधाज्ञाका कारण शान्त धरान

सुनसरी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि  शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ ।  मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ । 

निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । 

धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

खबरपाटी
खबरपाटी