आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।