आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भेट गरेका छन् ।
गभर्नर अधिकारी शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । देशको पछिल्लो अर्थतन्त्रको अवस्था लगायत विषयमा उनीहरूबीच छलफल भएको थियो ।
देशको अर्थतन्त्र कमजोर बनिरहेको भन्दै विज्ञहरूले चिन्ता गरिरहेका बेला यसबारे छलफल गर्न राष्ट्रपति र गभर्नरबीच भेट भएको हो ।