रविले सीआईबीलाई भने, ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयानबिनाको फाइल पेश नगर्नु

रविले सीआईबीलाई भने, ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयानबिनाको फाइल पेश नगर्नु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले  बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयानविना अधुरो फाइल पेश गर्न नहुने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज उक्त जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेपछि लामिछानेले यस्तो बताएका हुन् ।

सीआईबीले यो प्रकरणका निर्यणकर्ता पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यसप्रति लक्षित गर्दै लामिछानेले गैर कानुनी आदेश नसुन्न र नमान्न सीआईबीलाई भनेका छन् । ‘सीआइबी ले गैर कानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता  सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल  पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ...ठुलै गडबड छ,’ लामिछानेले लेखेका छन् ।

खबरपाटी
खबरपाटी