आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक पार्टी कार्यालयमा जारी छ ।
तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा छलफलका लागि सात वटा एजेन्डा तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेता खतिवडाका अनुसार वर्तमान राष्ट्रिय परिस्थिति,सङ्गठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक वैचारिक सवाल, पार्टीको सङ्गठनात्मक अवस्था, पार्टीका आगामी कार्यक्रम र नेतृत्वलाई सुझाव छलफलका एजेन्डा रहेका छन् ।
बैठक दुई दिन बस्नेछ । पोलिटब्युरो बैठक लगत्तै भदौ ५ देखि ७ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ ।