सम्भवत भोलिको बैठकपछि सदन खुल्छ ,रास्वपा सभापति रवि लामिछाने

सम्भवत भोलिको बैठकपछि सदन खुल्छ ,रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्भवत भोलिको बैठकपछि सदन खुल्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरूलाई सिंहदरबारमा बोलाएको बैठकमा सहभागी रहेका लामिछानेले सम्भवत सोमबार सहमति हुने र सदन खुल्ने बताए।

‘हामी यो बैठकमा पहिलो पटक बसेका हौं। अस्वस्थ भएकाले प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली आउनु भएन,’ सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘हामी सहमतिको नजिकै पुगेका छौं। अब भोलि बैठक होला र सहमति होला।’

उनले सुन प्रकरणबारे अहिले नै उच्चस्तरीय समिति बनाउँदा भइरहेका अनुसन्धान प्रभावित हुन सक्ने देखिएकोले १५ दिन सिआइबीलाई नै दिने कुरा भएको बताए। गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका लागि १५ दिन समय माग गरेको उनको भनाइ थियो।

रास्वपा सभापति लामिछानेका अनुसार आजको प्रतिनिधि सभा बैठक भने स्थगित हुने सम्भावना छ।
 

खबरपाटी
खबरपाटी