४७ वर्षपछि रूसले चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

४७ वर्षपछि रूसले चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

कातठमाडौं । रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना(२५ यान पठाएको थियो।

सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो।

यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल  अवतरण गरेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्।

भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान(३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी