राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतालाई प्रधानमन्त्री प्रचण्डले बोलाए सिंहदरबारमा

राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतालाई प्रधानमन्त्री प्रचण्डले बोलाए सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्। 

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्नेगरी राष्ट्रिय दलका नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संसदको अवरोध खुलाउने विषयमा दलहरूसँग छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेदेखि संसद चल्न सकेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेले पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरेपनि अवरोध हट्न सकेको छैन।

प्रधानमन्त्री प्रचण्डले आजदेखि संसदको अवरोध हट्ने बताएका थिए। 

खबरपाटी
खबरपाटी