काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् ।
बालेको टिम अहिले पार्टीको विधान बनाउने तयारीमा जुटेको छ । बालेनको टिममा बसेर काम गर्दै गरेका एक जनाले नाम उल्लेख नगर्ने सर्तमा आगामी चुनाव अगाडी बालेनको पार्टीले औपचारिकता पाउने बताए ।
पार्टी दर्तापछि आगामी निर्वाचनमा बालेनले ७५३ स्थानिय तहमा उम्मेद्वार उठाउने छन् । पहिलो पटक स्थानिय चुनाबमा केन्द्रित हुने बालेनको योजना सुनाउदै भन्छन् ‘स्थानिय तहमा विकासको नमुना पेश गरेपछि मात्रै संघ र प्रदेशमा उम्मेदवार उठाउने विषयमा छलफल गर्छौ ।’
निर्वाचित मेयरहरु मध्ये सबै भन्दा धेरै चर्चा पाउने ब्यक्तिका रुपमा चिनिन्छन् शाह । स्वतन्त्र उम्मेदवारको हैषियतमा मेयर बनेका बालेनले अहिलेसम्म चारसय रोपनी बढी सरकारी जग्गा महानगरपालिका मातहतमा ल्याइसकेका छन् । पाँच वर्ष भित्रैमा सरकारी स्वामित्तमा रहेका सबै जग्गा महानगर मातहतमा ल्याउने उनको योजना छ ।
नेपाली कांग्रेस र एमाले जस्ता पुराना पार्टीलाई चुनौति दिँदै काठमाडौंबाट मेयरमा निर्वाचित भएका शाह अहिले युवा पुस्ताको भरोसायोग्य पात्र बनेका छन् । मेयरको उम्मेदवार बनेदेखी नै चामत्कारिक छबी बनाउन सफल शाहलाई युवा पुस्ताले भविष्यको प्रधानमन्त्री भनेर टिप्पणी गर्ने गरेका छन् ।
मेयरमा निर्वाचित भए लगत्तै भुमाफियाद्धारा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता अभियानमा लागेका बालेनको आलोचना पनि हुने गरेको छ । तर, उनका प्रसंसकहरु आलोचना सुन्नै चाहदैनन् । सर्वोच्च अदालत, संघिय र सरकार र छिमेकी मुलुक भारतलाई समेत सामाजिक सञ्जाल मार्फत खुल्ला चुनौति दिँदै आएका बालेन कति सफल हुन्छन् हेर्न बाँकी नै छ ।