धीरेन्द्र शास्त्रीसँगको भेट राष्ट्रपति र प्रधानमन्त्रीले टारे

धीरेन्द्र शास्त्रीसँगको भेट राष्ट्रपति र प्रधानमन्त्रीले टारे

 काठमाडौं । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ ।

चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ ।

खबरपाटी
खबरपाटी