आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेकपा एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ ९मकवानपुर०, पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हालका लागि कामबाट बिदा दिने निर्णय गरेको हो ।
स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ ।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरुको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख छ ।
यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट पदमुक्त गरिएको एमालेले जनाएको छ ।