निष्पक्ष आयोग बन्न नदिदा सय केजी सुन ६१ किलो भयो : एमाले अध्यक्ष ओली

निष्पक्ष आयोग बन्न नदिदा सय केजी सुन ६१ किलो भयो : एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपीले, निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । 

पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा ओलीले, सरकारले आयोग बन्न नदिएर एक क्वीन्टल सुन ६१ किलोमा झार्न सफल भएको आरोप लगाए । 

‘दिनमा एउटा आईटममा एक क्वीन्टलका दरले आएको देखियो । ३३ पल्ट त त्यही नाउँमा ब्रेक शुका नाममा आएको देखियो । एक दिन वाध्यता पर्यो कतैबाट समातियो । ४ सय ग्राम ब्रेक शुको वेट तर त्यो ब्रेक शु साढे ९सय ग्राम त्यहाँ ५ सय ग्राम त्यहाँ सुन छ । सय केजी ६१ किलोम झर्यो ।’ उनले भने ‘एक क्वीन्टल भनिएको । यति दिन सम्म आयोग बन्न नदिएर गरिएको काम के भने सय केजी बाट ६१ म झर्यो ।  यतिन्जेल सम्म आयोग बन्न नदिएर अहिलेसम्मको सफलता भनेको  ६१ मा त झरिसक्यो ।’ 

खबरपाटी
खबरपाटी