टक्सार महाशाखाले तस्करीको सुन पगाल्न सुरु गर्यो

टक्सार महाशाखाले तस्करीको सुन पगाल्न सुरु गर्यो

काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । 

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो । एक कार्टुनमा २० वटा ब्रेक सु रहेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार उक्त सुन पगाल्न एक दुई दिन लाग्ने छ । 

सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ ।

खबरपाटी
खबरपाटी