बर्दियामा बाढीले बगाउँदा बेपत्ता भएका तीन जना अझै भेटीएनन्

बर्दियामा बाढीले बगाउँदा बेपत्ता भएका तीन जना अझै भेटीएनन्

काठमाडौं । बर्दियामा बाढीले बगाउँदा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूलाई नदीले भारत पुर्‍याएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । 

मोटरबोटको सहायताले खोजी गर्दासमेत फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बबई नदीमा आएको बाढीमा परी आइतबार गुलरिया नगरपालिका–१२, भैसाहीका ३० वर्षीय बालकृष्ण थारु र गुलरिया नगरपालिका–८, थपुवाका २२ वर्षीय अक्षय चौधरी र गुलरिया नगरपालिका–२ निवासी महेश चौधरी पण्डितपुर घाटबाट बेपत्ता भएका थिए ।

बाढीमा बगेर आएको दाउरा लिन गएका बेला बेपत्ता भएको डीएसपी बोहराले बताए । बेपत्ता तीनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी खोजी कार्य जारी राखेको उनले बताए ।

 

खबरपाटी
खबरपाटी