प्रतिनिधि सभाको बैठक बस्दैः अवरोधपूर्ण संसद खुला ?

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बस्दैः अवरोधपूर्ण संसद खुला ?

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने अडान कायम राखेको छ भने सरकारले उच्चस्तरीय छानबिन समिति नबनाउने अडान लिएको छ । सरकारले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको र सरकारकै संयन्त्रबाट अनुसन्धान हुने बताउँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकारको अधिनमा सरकारका संयन्त्रहरु हुने भएकाले प्रधानमन्त्री, उपप्रधानमन्त्री र प्रहरी प्रमुखलाई बयान लिन उक्त संयन्त्रहरुले नसक्ने भन्दै उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ । पछिल्लो समय काँग्रेसका सांसदहरु पनि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । नेकपा एमालेले पनि उच्चस्तरीय समिति बनाएर अनुसन्धान हुने मागबाट पछि हटेको छैन ।

खबरपाटी
खबरपाटी