काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा। महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’
डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’
यदि आफूले लोभ लालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए ।
तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए ।
सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने, यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्र्याक रेकर्ड र संस्कार दुबै नभएको उनले बताए ।
यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन’, डा। महतले भने, ‘यो बाहिर बोल्दै हिँड्नु ठीक हो रु पार्टीमा अनुशासन छैन रु त्यसको आधार हुनु पर्दैन रु’
डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’, उनले भने ।