नयाँ मन्त्री अनिता साहको शपथ भोलि १० बजे

जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ भोलि (सोमबार) हुने भएको छ ।

नयाँ मन्त्री अनिता साहको शपथ भोलि १० बजे

काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ भोलि (सोमबार) हुने भएको छ ।साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको हो ।

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो । 

आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । 

यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा  जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए । 

खबरपाटी
खबरपाटी