एकतर्फी पृथ्वी राजमार्ग सञ्चालन

एकतर्फी पृथ्वी राजमार्ग सञ्चालन

काठमाडौं । तनहुँको आँबुखैरेनीमा गएको पहिरोले अवरूद्ध राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

शनिबार साढे ६ बजे आँबुखैरेनी गाउँपालिका वडा नं। ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापनको टोली र स्थानीय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा अवरूद्ध सडक एकतर्फी सञ्चालनमा ल्याएको हो। 

त्यस्तै दुबै तर्फ सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।

खबरपाटी
खबरपाटी