आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार निवास मण्डिखाटारबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सांसद शर्मालाई पक्राउ गरेको हो।
शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोग छ।
‘शैक्षिक प्रमाण पत्र कीर्ते गरेको उजुरी आएपछि अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ सिआइबी स्रोतले भन्यो।
गत मंसिरको प्रतिनिधि सभा चुनावमा शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।
शर्मामाथि नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोप केही समय पहिले पनि लागेको थियो।
वि।सं। २०७३ सालमा सिआइबीले नै शर्मामाथि यसबारे अनुसन्धान गरेको थियो।