आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराउन लागेको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय सिंहबार पुगेका हुन् ।
सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराउन लागेको हो। प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।
कांग्रेस नेता तथा सांसद समेत रहेका उनीसहित सो अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।