दमक नगरपालिकाका प्रशासकीय अधिकृत फेरिए, विवादमा परेका निरौला अतिरिक्त समूहमा

दमक नगरपालिकाका प्रशासकीय अधिकृत फेरिए, विवादमा परेका निरौला अतिरिक्त समूहमा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई अतिरिक्त समूहमा राखेको छ।

निवासमा महिलासँग टिकटक लाइभमा आएको भन्दै निरौला विवादमा परेका थिए। निवासको रङसमेत परिवर्तन गरेको आरोप उनीमाथि छ।

निरौलाको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको मन्त्रालयले जनाएको छ। गणेश कार्कीलाई दमकको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।

दमकका मेयर रामकुमार थापाले नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्की अर्को साता मात्रै कार्यालय आउने जानकारी पाएको बताए।

खबरपाटी
खबरपाटी