दुवै सदनको बैठक बस्दैः प्रतिनिधिसभा बैठकमा १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

दुवै सदनको बैठक बस्दैः प्रतिनिधिसभा बैठकमा १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसऋनतर्गत प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजे नै शुरु हुनेछ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूचि छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी काननहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नुहुनेछ । 
त्यस्तै आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

उता, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

उता, विषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइनेछ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद ९सचिव० टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

खबरपाटी
खबरपाटी