महाविर पुनलाई गृह मन्त्रालय पठायो पत्र विभूषण लिलामीमा नराख्न चेतावनी

महाविर पुनलाई गृह मन्त्रालय पठायो पत्र विभूषण लिलामीमा नराख्न चेतावनी

काठमाडौं।गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामीमा राखे रद्द गर्ने चेतावनी दिएको छ। 

मंगलबार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो। 

केही समय अघि पुनले मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्न सामाजिक सञ्जालमा राखेका थिए।

सामाजिक सञ्जालमा राखेको थाहा पाएकाले उक्त पत्र काटिएको मन्त्रालयले जनाएको छ। 

‘विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ।

रद्द गरेसँगै विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाएर सर्वसाधारणको जानकारीका लागि सूचना समेत जारी गर्ने कानूनी व्यवस्था छ। 

यसरी पत्र पठाएकोबारे महाविर पुनले सामाजिक सञ्जालमा राखेका छन्। 

खबरपाटी
खबरपाटी