एमालेलाई माओवादीले गरयो प्रश्नः बिरामीको शल्यक्रिया गरिरहेको ठाउँमा ढोका फुटाएर अर्को डाक्टर जाँदा के हुन्छ?

एमालेलाई माओवादीले गरयो प्रश्नः बिरामीको शल्यक्रिया गरिरहेको ठाउँमा ढोका फुटाएर अर्को डाक्टर जाँदा के हुन्छ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा सरकारले अनुसन्धान गरिरहेकोले अर्को छानबिन समिति आवश्यक नपर्ने बताएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले छानबिन सकेपछि सो विषय उठाउन एमालेलाई आग्रह गरेका छन् । 

उनले भने–‘एकजना सर्जन डाक्टरले थिएटरभित्र गएर बिरामीको अप्रेसन गरिरहेको बेलामा अर्को डाक्टरले ढोका फोडेर भित्र गयो भने बिरामीको हालत के हुन्छ र अहिले सम्बन्धित निकायले छानबिन दृढतापूर्वक अघि बढाइरहेको छ । सिद्धान्तत हामी संसदीय छानबिन समितिको विरोधी हैनौँ । तर छानबिन त भइरहेको छ नि । त्यसको निष्कर्ष आउँन्जेलसम्मको निम्ति धैर्यतापूर्वक बसेर गृह प्रशासनले गरेका कामलाई सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्दछु ।

भ्रष्टाचारको कुनै अनुहार, कुनै दल नहुने भन्दै राज्यले स्थापित गरेका निकायबाट छानबिन भइरहेकोमा त्यसलाई सहयोग गर्न सांसद पौडेलले आग्रह गरे ।


 

खबरपाटी
खबरपाटी