एमालेलाई महामन्त्री विश्वप्रकाश शर्माको प्रश्न मदन भण्डारीको दुर्घटनाको छानबिन गर्न आवाज किन उठ्दैन?

एमालेलाई महामन्त्री विश्वप्रकाश शर्माको प्रश्न मदन भण्डारीको दुर्घटनाको छानबिन गर्न आवाज किन उठ्दैन?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेलाई मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन सुझाएका छन्। उनले संसदमा बोल्दै संविधान र कानुन बमोजिम बनेका संस्थाहरुलाई अविश्वास गर्न नहुने बताए। 

उनले एमालेतर्फ संकेत गर्दै भने,  ुआज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।


उनले  कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि त्यस्तो आयोग बनाउन पनि माग गरे। तर, यो विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुने बताए।  


आफैंले सम्पत्ति सुद्धिकरण,  राजश्व अनुसन्धान,  दक्षिण एशियामै प्रसिद्धि हासिल गरेको सिआइबी र नेपाल प्रहरीमा विश्वास नगर्ने कुरा सही नभएको उनको भनाइ छ। 

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दा सांसदको बोल्न हक कुन्ठित भएको उल्लेख गरे। उनले थपे,  ुसंसद प्रतिपक्षको हो भनिन्छ। प्रतिपक्षको आवाजको कदर गर्नुपर्छ। अनि हामी निर्वाचित भएर यहाँ संयोगले सत्ता पक्ष बनेका सांसदको बोल्ने थलो रत्नपार्क हो? 


 

खबरपाटी
खबरपाटी