आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डाै। पाँच दिनपछि हिजो आइतवार खुलेको भालुवाङ–प्युठान–रोल्पा सडक आज सोमवार फेरि बन्द भएको छ ।
सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो । अब भोलि मङ्गलवार बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन शुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले जानकारी दिनुभयो ।
ठूलो पहिरोका कारण गएको बुधवारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो । तर आजदेखि सडक फेरि बन्द भएको हो । अप्ठेरो ठाउँमा माथिबाट ठूलोे पहिरो झरेको र तलपट्टि माडी नदी रहेका कारण पन्छाउन समय लागेको कार्यालयले जनाएको छ ।
प्युठान र रोल्पा आउजाउ गर्ने एकमात्र सडक बन्द हुँदा समस्या भएको छ ।