आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ। प्राइम कमर्सियल बैङ्क, कुमारी बैङ्क र हिमालयन बैङ्क राष्ट्र बैङ्कको कारबाहीमा परेका छन्। यी तीन बैङ्कमध्ये हिमालयन बैङ्कलाई एक करोड बढी जरिवाना भएको छ।
कर्जा नोक्सानी व्यवस्था कायम नगरेको अनि पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कमर्सियल बैङ्कको सिइओ कारबाहीमा परेका हुन्।
कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै कुमारी र हिमालय बैङ्क कारबाहीमा परे। माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै कुमारी बैङ्कलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना भएको छ।
कात्तिक महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै हिमालयन बैङ्कलाई १ करोड ३९ लाख रुपैयाँ जरिवाना भएको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ।