गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा

गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच आज कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ ।

गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा

काठमाडौं । गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच आज कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ । 

गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भई सम्झौता आदानप्रदानसमेत गर्नुभयो ।

उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषय समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासनलगायत गृह मन्त्रालयका सम्पूर्ण जिम्मेवारी प्रतिविम्बित गरेको उल्लेख गर्नुभयो । 

सम्झौता कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्चस्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । 

सम्झौतामा उल्लेख भएका विषय र सम्पादन गर्नुपर्ने कार्य उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ–आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवं लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा १९ तथा सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो । रासस

खबरपाटी
खबरपाटी