राष्ट्रिय सभा बैठक बस्दैः यस्तो कार्यसूचि

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभा बैठक बस्दैः यस्तो कार्यसूचि

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । 

खबरपाटी
खबरपाटी