माओवादी पार्टीजस्तो भइरहेको छैन प्रचण्डको भनाई

माओवादी पार्टीजस्तो भइरहेको छैन प्रचण्डको भनाई

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘सरकारका कारण जनतामा आशा पलाएको छ। भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।’

उनले देशको राजनीतिक समीकरण र उतारचढाव तथा आन्तरिक कारणले केन्द्रीय समिति बैठक ढिला गरी बसेको पनि बताए।

उनले माओवादी भने पार्टीजस्तो भइनरहेको बताए।

‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उनले भने, ‘पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु( हामीसँग नेता कार्यकर्ताको विशाल पङ्ति त छ। तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन।’

खबरपाटी
खबरपाटी